सिन्धुपाल्चोक पहिरोः ११ जनाको शव फेला, २७ अझै बेपत्ता

Newslaya Home

सिन्धुपाल्चोक पहिरोः ११ जनाको शव फेला, २७ अझै बेपत्ता

शनिबार ३१, साउन २०७७

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परि मृत्यु भएका ११ जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा लिदीका टीकामाया दोङ, छिरिङ दोङ, जिताई झाँक्री, मिलन दोङ, सानू दोङ, जयबहादुर दोङ, दावा ल्हामु दोङ, तारल्हमो दोङ, पिर्ती दोङ, धनमाया दोङ र रिमेक्स दोङ रहेका छन् ।

स्थानीयहरुको ईच्छाअनुसार नै बौद्ध परम्पराअनुसार शवको सामूहिक रुपमा लामाहरुबाट अन्त्येष्टि गर्ने तयारी भएको जुगल गाउपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले बताईन् ।

शुक्रबार बिहान साढे ६ बजे गएको पहिरोमा परि ११ जनाको मृत्यु भएको छ भने २७ अझै बेपत्ता भएका छन् । उनीहरुको खोजी जारी छ । पहिरोमा परि २७ घर पुरिएको छ भने, १७ जना घाइते छन् ।