भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री ओलीले दिए शुभकामना

Newslaya Home

भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री ओलीले दिए शुभकामना

शनिबार ३१, साउन २०७७

काठमाडौँ । भारतको ७४ औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई तथा शुभकामना प्रदान गरेका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत एक सन्देश पठाउँदै भारतीय प्रधानमन्त्री मोदी र सम्पूर्ण भारतीय जनतामा शुभकामना व्यक्त गरेका छन् ।

बधाई तथा शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले भारत र भारतीय जनताको निरन्तर प्रगति र सम्मृद्धिको कामना गरेका छन् । भारतले हरेक वर्ष अगष्ट १५ का दिन स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।