लायन्स क्लब इटहरीद्वारा पत्रकारहरुलाई सहयोग

Newslaya Home

लायन्स क्लब इटहरीद्वारा पत्रकारहरुलाई सहयोग

शुक्रबार ३०, साउन २०७७

इटहरी । लायन्स क्लब इटहरी एक्टिभ र लायन्स क्लब इटहरी सिटिजन्स ले पत्रकार महासंघ सुनसरीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

पत्रकारहरुलाई आवश्यक पर्ने स्यानेटाइजर, मास्क, फेस सिल्ड सामाग्री उपलब्ध गराएको हो । पत्रकार महासंघ सुनसरी उपाध्यक्ष सुभद्रा प्याकुरेलले सहयोग ग्रहण गरेकी थिइन् ।

सहयोग हस्तान्तरण गर्दै एक्टिभ की अध्यक्ष रञ्जु सिग्देलले कोरोना भाइरसको कह रोकथाम र नियन्त्रणलाई सहयोग गर्न क्लब सक्रिय भएको जानकारी दिइन् । सिटिजन्स का अध्यक्ष सुरेश कार्कीले सहयोग आगामी दिनमा पनि जारी हुने बताए ।

दुवै लायन्स क्लबले गठन भएको छोटो अवधिमै धेरै सामाजिक कामहरु गरिसकेको छ ।