काठमाडौंमा आज रातिदेखि भदौ १५ गतेसम्म निषेधाज्ञा जारी

Newslaya Home

काठमाडौंमा आज रातिदेखि भदौ १५ गतेसम्म निषेधाज्ञा जारी

शुक्रबार ३०, साउन २०७७

काठमाडौं । सरकारले आज (शुक्रबार) रातिदेखि काठमाडौं उपत्यकामा विशेष कडाई गरिने भएको छ ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबार बसेको बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम निषेध जारी गर्ने निर्णय गरेको छ । निषेध आज राति १२ बजेदेखि आगामी भदौं १५ गते राति १२ बजेसम्म कायम रहने छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालय बबरमहलमा बसेको भक्तपुर जिल्ला प्रशासन कार्यालय र ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमले उपत्यकालाई आक्रान्त पारेको र संक्रमण फैलने सम्भावना झनै बढेकोले यस्तो निर्णय लिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

बैठकले खुल्ला स्थानमा भेला जम्मा नहुन, भीडभाड गर्न, सभा जुलस गर्न निषेध गरेको छ । यस्तै जात्रा मनाउन पनि निषेध गरिएको छ भने कुनै पनि महोत्सवहरुको आयोजना गर्न पनि नपाइने भएको छ ।

निषेध गरिएको गतिविधिहरु गरिएको खण्डमा ऐन बमोजिम हदैसम्मको कारवाही हुने विज्ञप्तीमा उल्लेख छ ।