आज चार महिला सहित सुनसरीका २२ जनामा कोरोना पुष्टि

Newslaya Home

आज चार महिला सहित सुनसरीका २२ जनामा कोरोना पुष्टि

शुक्रबार ३०, साउन २०७७

इटहरी । सुनसरीमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पीसीआर परीक्षणमा सुनसरीका चार महिला र १८ जना पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो ।

थपिएका संक्रमितमध्ये दुहबीका २ महिला ११ पुरुष, घुस्कीका ३ पुरुष, इटहरीका २ पुरुष, धरानका १ महिला १ पुरुष, देवान्जञ्जका १ पुरुष र रामधुनीका १ महिला रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।