नेपालमा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि

Newslaya Home

नेपालमा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार ३०, साउन २०७७

काठमाडौं । नेपालमा थप ५९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको नमूना कोरोना परीक्षणमा ५९४ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा ११ हजार ५ सय ७५ पीसीआर परीक्षण गरिएको मध्ये ५९४ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या २५ हजार ५५१ पुगेको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

शुक्रबारसम्म पीसीआर विधिबाट ४ लाख ९४ हजार ६१३ परीक्षणहरु गरि सकिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो २४ घन्टामा २४० जना कोारेना मुक्त भई डिस्चार्ज भएका छन् । यो सँगै हालसम्म निको हुनेको संख्या १७ हजार ७७ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट चार जनाको ज्यान गएकाे छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या ९९ पुगेको छ ।  

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ६ सय ३८ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ७ हजार ९१३ जना रहेको छ ।