नेकपा विवाद मिलाउन महासचिव पौडेलको संयोजकत्वमा कार्यदल गठन

Newslaya Home

नेकपा विवाद मिलाउन महासचिव पौडेलको संयोजकत्वमा कार्यदल गठन

शुक्रबार ३०, साउन २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधान गर्न कार्यदल गठन गरिएको छ ।

शुक्रबार महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको हो ।

कार्यदलमा विष्णु पौडेल , भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे सदस्य रहेका छन् । नवगठित कार्यदलले पार्टी विवाद र शक्ति बाँडफाँडको विषय टुंगो लगाउने जनाइएको छ ।

दुई अध्यक्षबीच बिहीबार करिब ४ घण्टाभन्दा बढी समय भएको छलफल सकारात्मक भएको जनाइएको थियो ।