इटहरी रगंशालामा एक सय बेडको आईसोलेशन वार्ड बनाउन सुरु

Newslaya Home

इटहरी रगंशालामा एक सय बेडको आईसोलेशन वार्ड बनाउन सुरु

शुक्रबार ३०, साउन २०७७

इटहरी । सुनसरीको इटहरी रगंशालामा एक सय बेडको आईसोलेशन वार्ड बनाउन सुरु गरिएको छ ।

करिब १० दिन भित्रमा काम सम्पन्न भई सञ्चालनमा आउने गरी शुक्रबार (आज) बाट निर्माण कार्य सुरु गरिएको हो ।

बिहीबार इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणी पोखरेल तथा सुरक्षा निकायका पदाधिकारीहरुको बैठकले सुनसरीका विभिन्न ३ स्थानमा आईसोलशन वार्ड बनाउने निर्णय गरेको थियो ।

दिनप्रतिदिन समुदायमा कोरोना बढ्दै गएपछि कोरोना संक्रमित राख्न मिल्ने गरी इटहरी रगंशाला, दुहबीको अरुण वनस्पति उघोगमा ५० र रमपम उघोग अगाडीको खाली गोदाममा १५० जना अट्ने क्षमताको छुट्टाछुट्टै शौचालय, बाथरुम र सुत्नको लागी बेडको व्यवस्थापन गरि आइसोलेसन वार्ड बनाउन लागिएको हो ।

आईसोलेशन बेड बनाउन इटहरी लगायत आसपासका पालिकाको ३÷३ लाख साथै प्रदेश सरकारको लगानीमा बन्ने प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणी पोखरेलले बताए ।