मेची अस्पतालबाट १७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज

Newslaya Home

मेची अस्पतालबाट १७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज

शुक्रबार ३०, साउन २०७७

झापा । मेची अस्पताल भद्रपुरबाट शुक्रबार(आज) १७ जना कोरोना भाइरस सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन्।

अस्पतालका फिजिसियन डा. गोविन्द कँडेलका अनुसार उक्त अस्पतालको आइसोलेसनमा भर्ना भएको करिब १० दिनमा गरिएको पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनीहरू अस्पतालबाट डिस्चार्ज भएका हुन्।

१८ जनाको रिपोर्ट नेगेटिभ आए पनि एक जनाको बच्चाको अझै पनि पोजिटिभ रिपोर्ट आएकाले १७ जनालाई मात्र डिस्चार्ज दिइएको जनाइएको छ । मेची अस्पतालमा २२ जनाको क्षमता भएको आइसोलसनमा अब पाँच जना सङ्क्रमित उपचाररत छन्।