विद्युत प्राधिकरण दमकका पाँच कर्मचारी सहित ६ जनामा कोरोना पुष्टि

Newslaya Home

विद्युत प्राधिकरण दमकका पाँच कर्मचारी सहित ६ जनामा कोरोना पुष्टि

शुक्रबार ३०, साउन २०७७

झापा । नेपाल विद्युत प्राधिकरण दमकका पाँच कर्मचारी सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार विद्युत प्राधिकरणका ५ जना कर्मचारी र दमक ५ बस्ने एक महिलामा पनि संक्रमण पुष्टि भएको हो ।

नेपाल विद्युत प्राधिकरण दमकमा काम गर्ने पाँच कर्मचारीमा कोरोना देखिएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका नगेन्द्र भट्टराईले पुष्टि गरेका हुन् ।

दमक ५ बस्ने एक महिला भारतबाट फर्केर होम क्वारेन्टाइनमा बसेकी थिइन् ।
कोरोनाको हटस्पट बनेको विराटनगर आवतजावत गरेका कारण प्राधिकरणका कर्मचारीमा संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ । यसबारे अनुसन्धान भइरहेको जनाइएको छ ।