आस्थाको गीत ‘फाट्यो नी माइतीको चिनो’ सार्वजनीक (भिडियोसहित)

Newslaya Home

आस्थाको गीत ‘फाट्यो नी माइतीको चिनो’ सार्वजनीक (भिडियोसहित)

शुक्रबार ३०, साउन २०७७

काठमाण्डौ । गायिका आस्था राउतले ‘फाट्यो नी माइतीको चिनो’ बोलको गीत सार्वजनिक गरेकी छिन् ।

तीजको अवसरमा महिला दिदीबहिनीहरुका लागि लक्षित यो गीतले माइतीसँग टाढा भएकी महिलाले आफ्नो जन्मघर संझिएर पोखेको बेदना बोल्छ ।

गीतमा सुरेश अधिकारीको शब्द तथा संगीतरहेको छ । गीतको भिडियोमा कलाकार दिया मास्केको अभिनय गरेकी छन् । शान थापाको निर्देशनमा तयार भएको भिडियोमा अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।