जिन्दगी

Newslaya Home

जिन्दगी

अन्सिका पोखरेल
शुक्रबार ३०, साउन २०७७

कविता

तिमी आसुका शीत लहरमा मलाई भिजाइ दिनु
अनि म वसन्त को पालुवा झै मुस्कुराउला
तिमी चेष्टाका चटान म तिर बढाउनु
अनि म दृढ अठोटमा खडा भै रहुला
तिमी शाउने झरी झै निरन्तर मलाइ
कम्जोरी को भान गराउनु
अनि म आत्म बिश्वास को बढेमान तुफान भित्र्याउला

बिते कयौं साल तिमीलाई सास र रक्तमा फक्क्राएको
तुहिएको आस निचोरी मजबुत सपना बनाएको
दिन त थिए
जब भयौ तिमी बेशाहारा
अनि म हुत्तिहारा ११
राता राता राशिला आँखा
भकानीएका क्रन्दन का भाका
तर जब हत्केला ले सफलता उचाल्थ्यो
तिम्रो खुसी आँसु बनेर छछल्किन्थ्यो

कोसौ परको डरको तुवाँलो तिमी
प्रेम पुर्बक उजाडी
जानेछौ जुन दिन छाडी
मलाइ खोक्रो भनी
कात्रो ओढाई
बाँस मा बाधी
मसान पूराई
अग्नि को काख मा ज्वोलन्त होम्नेछन्
घच घचाइ दाउरा बेरि बेरि पोल्नेछन्
जिन्दगी १
तिमीलाइ धेरै धेरै माया
धेरै धेरै माया