अफवाह फैलाएको अभियोगमा पत्रकार बताउने मोरङका एक जना पक्राउ

Newslaya Home

अफवाह फैलाएको अभियोगमा पत्रकार बताउने मोरङका एक जना पक्राउ

शुक्रबार ३०, साउन २०७७

काठमाडौं । आफूलाई पत्रकार बताएर समाजमा अफवाह फैलाएको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङ घर भइ काठमाडौंको बुढानिलकण्ठ बस्दै आएका सुनिल शर्मा रहेका छन् । उनलाई काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले बिहीबार पक्राउ गरेको हो । शर्माले आफूलाई दैनिक भारतको पत्रकार बताउने गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा भारतलाई जोडेर समाजमा अफवाह फैलाउने खाले स्टाटस उनले लेखेको काठमाडौं प्रहरी प्रमुखले बताएका छन् ।