सिन्धुपाल्चोक पहिरोः कम्तिमा ३६ जना वेपत्ता

Newslaya Home

सिन्धुपाल्चोक पहिरोः कम्तिमा ३६ जना वेपत्ता

शुक्रबार ३०, साउन २०७७

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार (आज) बिहान गएको पहिरोमा कम्तिमा ३६ जना पुरिएर वेपत्ता भएको जनाइएको छ ।

घटनास्थल पुुगेका सभामुख अग्नीप्रसाद सापकोटासंगै गएका एक सुरक्षाकर्मीले बताए अनुसार केही शवहरुको अंश बाहिर देखिए पनि उद्धार गर्न सकिएको छैन । नेपाली सेनाका १४ जना घटनास्थल पुगिसकेका छन् ।

मौसमका कारण हेलिकोप्टर ल्याण्ड गर्न कठिन भएकाले उद्धारमा ढिलाई भएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिएका छन् ।
सभामुख सापकोटाले लिएर गएको सेनाको हेलिकोप्टरले ४ जना घाइते सदरमुकाम चौतारा ल्याएको छ । उनीहरुको चौतारा अस्पतालमा उपचार भइरहेको छ ।