कोसी अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

Newslaya Home

कोसी अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

शुक्रबार ३०, साउन २०७७

विराटनगर । कोसी अस्पतालको आइसोलेसनमा बिहीबार(हिजो) मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

टाउको दुखने, ज्वरो आउने र श्वास्प्रश्वाससम्बन्धी समस्या देखिएपछि हिजो बिहान अस्पतालमा भर्ना भएका विराटनगर–१५ का ३० वर्षीय युवकको उपचारका क्रममा बेलुका ४ बजे मृत्यु भएको थियो ।

शुक्रबार(आज) आएको मृतकको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको कोसी अस्पतालका प्रवक्ता डा.लक्ष्मीनारायण यादवले बताए । योसँगै विराटनगर महानगरपालिकामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ६ पुगेको छ ।