आज पनि बढ्यो सुनको मूल्य

Newslaya Home

आज पनि बढ्यो सुनको मूल्य

शुक्रबार ३०, साउन २०७७

काठमाडौँ । सुनको मूल्य शुक्रबार(आज) पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाला सुनको मूल्य तोलामा ९७ हजार ८ सय रुपेयाँमा कारोबार भएको थियो। तेजाबी सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य तोलामा १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।