नोबेल अस्पताल भित्र रहेको फार्मेसीका दुई कर्मचारीमा कोरोना पुष्टि

Newslaya Home

नोबेल अस्पताल भित्र रहेको फार्मेसीका दुई कर्मचारीमा कोरोना पुष्टि

शुक्रबार ३०, साउन २०७७

विराटनगर । विराटनगरको नोबेल अस्पताल भित्र रहेको एउटा फार्मेसीका दुई जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नोबेल अस्पतालमा रहेको फार्मेसीमा कोरोना देखिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिएका छन् ।

संक्रमित दुवैलाई आइसोलेशनमा राखिएको दाहालले बताए । यसअघि नोबेलमा ७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।