विराटनगरमा कोरोना संक्रमणबाट थप एक एक जनाको मृत्यु

Newslaya Home

विराटनगरमा कोरोना संक्रमणबाट थप एक एक जनाको मृत्यु

शुक्रबार ३०, साउन २०७७

काठमाडौं । कोशी अस्पताल विराटनगरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सिराहको विष्णुपुर गाउँपालिका १ का ४० वर्षिय पुरूषको बिहीबार राति उपचारको क्रममा मृत्यु भएको हो । निमोनिया भई स्वासप्रश्वासमा समस्या भएका बिरामीको उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिए ।

मृतक मंगलबार राति अस्पतालको आइसालेशनमा भर्ना भएका थिए । उपचारको क्रममा रहेका उनलाई कोरोनाको लक्षण देखिएपछि बिहीबार दिउँसो ११ बजे स्वाब संकलन गरि परीक्षणको लागि पठाएको थियो । प्रदेश जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणमा ७ बजे कोरोना पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

यसअघि कोशी अस्पतालमा चार जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा विराटनगरका तीन र रंगेलीका एक जना छन् ।