विराटनगरमा भदौ ५ गतेसम्म लम्बियो लकडाउन

Newslaya Home

विराटनगरमा भदौ ५ गतेसम्म लम्बियो लकडाउन

बिहीबार २९, साउन २०७७

विराटनगर । विराटनगर महानगरपालिकाले लकडाउनको अवधि थप गरेको छ ।

नगर प्रमुख भीम पराजुलीका अनुसार समुदायमा फैलिएको कोरोना संक्रमणको अवस्था अझै नियन्त्रणमा नआएको भन्दै लकडाउन थप्नु परेको हो । विराटनगरमा गत साउन १६ गते २ हप्ताका लागि लकडाउन गरिएको थियो । भोली यसको समय सीमा सकिदै गर्दा बजार क्षेत्रको अवस्थालाई मध्यनगर गर्दै लकाउन अवधि बढाउने नगरले निर्णय लिएको हो ।

नगरप्रमुख भीम पराजुलीले समुदायमा फैलिएको संक्रमण अझै नियन्त्रणमा नआएको निस्कर्षसहित भदौ ५ गतेसम्म लकडाउन थप्ने निर्णय भएको जानकारी दिए ।