बिहारमा एकैदिन चार हजार कोरोना संक्रमित थपिए

Newslaya Home

बिहारमा एकैदिन चार हजार कोरोना संक्रमित थपिए

बिहीबार २९, साउन २०७७

काठमाडौं । नेपालको तराईका जिल्लासँग सीमा जोडिएको भारतको विहार राज्यमा कोरोना भाइरसका संक्रमितको संख्या बढिरहेको छ ।

राज्य सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ बिहीबार मात्र ४ हजार जनामा कोरोना पुष्टि भएको छ । यससँगै बिहारमा कोरोना संक्रमितको संख्या ३३ हजार ९ सय १६ पुगेको छ ।

संघीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा भारतमा अहिलेसम्मकै सबैभन्दा बढी ६६ हजार ९९९ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए ।

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या झण्डै २४ लाख पुगेको छ भने छ लाख ५० हजारभन्दा बढी अहिले पनि कोभिड सङ्क्रमित छन् भने करिब १७ लाख सङ्क्रमणमुक्त भएका सरकारी तथ्याङ्क छ ।

भारतमा बिहीबारसम्ममा ४७ हजार ३३ व्यक्तिको कोरोना भाइरसको महामारीका कारण मृत्यु भएको छ ।