कोशी अस्पतालमा कोरोना आशंका गरिएका एक व्यक्तिको मृत्यु

Newslaya Home

कोशी अस्पतालमा कोरोना आशंका गरिएका एक व्यक्तिको मृत्यु

बिहीबार २९, साउन २०७७

विराटनगर । विराटनगरको कोशी अस्पतालमा कोरोना संक्रमण आशंका गरिएका व्यक्तिको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय पंकज गुप्ताको बिहीबार मृत्यु भएको हो ।

उनलाई बिहान साढे १० बजे कोशी अस्पतालमा भर्ना गरिएको थियो । दिउँसो ४ बजे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा.चुमनलाल दासले जानकारी दिए ।

केही दिनदेखि ज्वरो आउने, रिंगाटा चल्नेलगायत कोरोनासँग मिल्ने लक्षण देखिएकाले पीसीआर जाँचका लागि स्वाब संकलन गरिएको डा. दासले जानकारी दिए ।