रोनाल्डोलाई बार्सिलोना पठाउने युभेन्टसको तयारी

Newslaya Home

रोनाल्डोलाई बार्सिलोना पठाउने युभेन्टसको तयारी

बिहीबार २९, साउन २०७७

काठमाडौं । इटालियन क्लब युभेन्टसले आफ्ना खेलाडी क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गर्न बार्सिलोनालाई प्रस्ताव गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार युभेन्टसले स्पेनिस बार्सिलोनालाई रोनाल्डो अफर गरेको हो ।

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड हुँदै स्पेनिस रियल म्याड्रिडमा ९ वर्ष बिताएर रोनाल्डो २०१८ मा युभेन्टस गएका थिए ।

इटालियन क्लब युभेन्टसलाई च्याम्पियन्स लिग जिताउने सपना बुनेर आएका रोनाल्डो लगातार दुई सिजन निरास भएका छन् । युभेन्टस गत सिजन च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको थियो भने यो सिजन क्वार्टर फाइनलको यात्रा गर्न समेत सकेन ।

यदि रोनाल्डोको बार्सिलोना यात्रा सफल भए मेसी र रोनाल्डोले एउटै टोलीबाट खेल्नेछन् ।

पछिल्लो दशक फुटबलमा एकछत्र राज गरिरहेका मेसी र रोनाल्डो एकआपसका ठूला प्रतिद्वन्द्वी हुन् । यस सिजन रोनाल्डोले युभेन्टसका लागि ३७ गोल गरेका छन् ।