बराहक्षेत्रमा काष्ठमण्डप टेलिभिजनको प्रदेश कार्यलय स्थापना

Newslaya Home

बराहक्षेत्रमा काष्ठमण्डप टेलिभिजनको प्रदेश कार्यलय स्थापना

-बाबुराम कार्की
बिहीबार २९, साउन २०७७

प्रकाशपुर । काष्ठमण्डप टेलिभिजनको पाँचौ स्थापना दिवसको अवसरमा प्रदेश नं. १ मा क्षेत्रीय कार्यल स्थापना भएको छ ।

बिहीबार (आज) सुनसरीको बराहक्षेत्र नगरपालिका–६ मा एक कार्यक्रमकाबीच बराहक्षेत्र नगरपालिका नगर प्रमूख निलम खनालले काष्ठमण्डप टेलिभिजनको कार्याल उद्घाटन गरेका हुन् ।

नगर प्रमूख खनालले उद्घाटन गर्दै नगरमा टेलिभिजनको क्षेत्रिय कार्यलय हुनु खुसीको कुरा भएको बताएका छन् । उनले संञ्चार क्षेत्रमा नगरले गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत गरेका छन् ।

काष्ठमण्डप टेलिभिजन प्रदेश १ का व्युरो प्रमूख निश्चल बस्नेतले ग्रामिण क्षेत्रमा टेलिभिजनको स्थापन हुनु सुखत मात्र नभई ग्रामिण क्षेत्रकै बिकास पनि भएको बताएका छन् । उनले भने–‘टेलिभिजनले ग्रामिण क्षेत्रको कुूषि, पर्यटन, खेलकुद र शिक्षालाई प्रथमिकतामा राखेर कार्यक्रम उत्पादन गर्न छ ।’

नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर बहादुर खड्काले गाउँमा मिडियाको स्थापना हुनु बराहक्षेत्र नगरकै बिकास भएको बताए । खड्काले भने बराहक्षेत्र नगर सुनसरीकै ग्रामिण क्षेत्रमा भएका अरु स्थानीय निकायहरु भन्दा अगाडी छ ।

कार्यक्रममा नेकपाका बराहक्षेत्र नगर सचिव गजेन्द्र थापा, नेपाली कांग्रेसको राज्य प्रशासन समिति सदस्य बाबुराम विष्ट, कांग्रेसका शंखर बस्नेत, नेपाल मुसलिम संघ प्रदेश १ का संयोजक डा.इस्राइल मन्सुरी, नेकपाका जिल्ला सदस्य योग्यराज खड्का, बद्रिनाथ घिमिरे, राप्रपाका नगर अध्यक्ष अर्जुन भट्टराई र ग्रामिण पत्रकार समूहका पुर्व अध्यक्ष बाबुराम कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रम टेलिभिजन प्रस्तोता रञ्जना शाहिले संञ्चालन गरेकी थिइन् ।
बराक्षेत्र नगरमा दुई वटा साप्ताहिक, एक एफ एम, एक अनलनइन मिडिया रहेको ग्रामिण पत्रकार समूहका अध्यक्ष हिरण्य कार्कीले जानकारी दिए । नगरक्षेत्र बाटै एक दैनिक पत्रिका संञ्चाल गर्ने अन्तिम तयारी रहेको छ ।