भारतीय पूर्वराष्ट्रपति मुखर्जीलाई कोमामा राखेर उपचार गरिदै

Newslaya Home

भारतीय पूर्वराष्ट्रपति मुखर्जीलाई कोमामा राखेर उपचार गरिदै

बिहीबार २९, साउन २०७७

काठमाडौं । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोमामा राखिएको छ ।

कोरोना संक्रमित पूर्वराष्ट्रपति मुखर्जीलाई नयाँदिल्लीस्थित आर्मी रिसर्च एण्ड रेफरल अस्पतालले कोमामा राखिएको जानकारी दिएको हो । गत सोमबार स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका मुखर्जीको मस्तिष्कको शल्यक्रियासमेत गरिएको थियो ।

८४ वर्षीय मुखर्जी आफैंले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिँदै एक साता यता आफ्ना सम्पर्कमा आएकाहरुलाई परीक्षण र आइसोलेशनमा रहन आग्रह गरेका थिए ।

मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति रहेका थिए ।