गायक निशान भट्टराईले गरे विवाह

Newslaya Home

गायक निशान भट्टराईले गरे विवाह

बिहीबार २९, साउन २०७७

काठमाण्डौ । गायक निशान भट्टराईले विवाह गरेका छन्। निशानले काभ्रे जिल्ला अदालत, धुलिखेलमा प्रेमिका ऋचा न्यौपानेसँग साउन २७ गते (मंगलबार) कानूनी विवाह गरेका हुन् ।

उनले यसबारे बिहिबार (आज) सामाजिक सञ्जाल फेसबूकमा जोडीकै तस्वीर राखेर जानकारी गराएका हुन्। मोरङ उर्लाबारीका निशान र धुलिखेल निवासी ऋचा केही समयदेखि प्रेम सम्बन्धमा थिए।

ऋचाले दुवैको तस्वीर र भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेकी थिइन्। मिस काभ्रे २०१८ की सेकेन्ड रनरअप उनले निशानको स्वर रहेको ‘लाउर जाने रेल’मा अभिनय समेत गरेकी छिन्।