अभिनेत्री करिना कपुर फेरि आमा बन्दै

Newslaya Home

अभिनेत्री करिना कपुर फेरि आमा बन्दै

बिहीबार २९, साउन २०७७

काठमाण्डौ । बलिउडकी चर्चित अभिनेत्री करिना कपुर फेरि आमा बन्ने भएकी छिन् ।

भारतिय मिडियाका अनुसार पछिल्लो समय करीना गर्भवती भएको चर्चा चलिरहेको छ । छोरा तैमुरलाई जन्म दिएको करिब ४ वर्षपछि फेरि परिवारमा नयाँ सदस्य थप गर्न लागिएको खान परिवारले जनाएको छ । करीना अभिनेता सैफ अलि खानकी कान्छी श्रीमती हुन् ।

सैफकी पहिलो श्रीमती अमृता सिंह थिइन् । अमृताका दुई सन्तान सारा अली खान र इब्राहिम अली खान रहेका छन् । सैफले हालै फेरी आफु बाबु बन्न लागेको जानकारी दिएका हुन् ।

उनले भनेका छन् ‘हामी हाम्रो परिवारमा अर्को एक नयाँ सदस्यको पर्खाईमा छौं भनेर खबर सुनाउन पाउँदा निकै खुसी भएका छौं । हाम्रा शुभचिन्तकका माया र समर्थनका लागि सधैं आभारी छौं ।’ अभिनेत्री करीना फिल्म ‘लाल सिंह चड्ढा’मा आमिर खानसँग देखिदैछिन् ।