विजेता बनेको ६ महिनापछि कमेडी च्याम्पियनका विजेता हिमेशले पाए कार

Newslaya Home

विजेता बनेको ६ महिनापछि कमेडी च्याम्पियनका विजेता हिमेशले पाए कार

बिहीबार २९, साउन २०७७

काठमाडौं । कमेडी च्याम्पियनका विजेता हिमेश पन्तले कार पाएका छन्।

गत सिजनका विजेता उनलाई उपहारस्वरुप कार प्रदान गरिएको हो। उनी सुनम कोइराला र खड्गबहादुर पुनलाई पछि पार्दै विजेता बनेका थिए।

विजेता बनेको ६ महिनापछि उनले कार पाएका हुन्। उनले पाएको कारको मूल्य २५ लाख रुपैयाँ पर्ने आयोजकले जनाएका छन्। अब केही समयमै कमेडी च्याम्पियनको दोस्रो सिजन सुरु हुने जनाएको छ।

कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी, निर्माता केकी अधिकारी र कान्तिपुर टेलिभिजनका स्टेसन म्यानेजर दिनेश डिसीले उनलाई कार हस्तान्तरण गरेका हुन् ।