बढ्यो सुनको भाउ

Newslaya Home

बढ्यो सुनको भाउ

बिहीबार २९, साउन २०७७

काठमाडौं । बिहिबार(आज) सुनको भाउ २ हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ९७ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ ।

बुधबार एकैदिन तोलामा ६ हजार २ सय रुपैयाँ घटेको सुनको भाउ तोलाको ९५ हजार ४ सय रुपैयाँमा झरेको थियो । चाँदीको भाउ बिहिबार तोलामा ८५ रुपैयाँ बढेर तोलाको एक हजार २ सय ९५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।