इजरायलमा विश्वकै महँगो मास्क बन्दै, मूल्य साढे १७ करोड

Newslaya Home

इजरायलमा विश्वकै महँगो मास्क बन्दै, मूल्य साढे १७ करोड

बिहीबार २९, साउन २०७७

काठमाडौं । कोभिड–१९ महामारीका कारण विश्वभरीमै घर बाहिरबाट निस्कदा मानिस फेस मास्क लगाउन थालेका छन् । फेस मास्कको अनिवार्यतालाई पनि स्वीकार गरिएको छ । अब मानिसले यसमाथि पनि आफ्नो प्रयोग थालेका छन् । यसकै नयाँ काम स्वरुप इजरायलमा विश्वकै महँगो फेस मास्क बनाउन लागिएको छ । सुन र हीराबाट बनाउन लागिएको यो मास्कको मूल्य १५ लाख डलर अर्थात १७ करोड ६० लाख रुपैयाँ हुनेछ ।

इजरायलो यभेल कम्पनीका मालिक लेभीले यो मास्कको ग्राहकको पहिचान भने खुलाएको छैन । तर यसको खरिदकर्ता अमेरिकामा बस्दै आएका चिनियाँ उद्योगपति भएको बताइएको छ । १८ क्यारेटको सुनबाट बन्न लागेको यो मास्कमा ३६०० कालो र सेतो हीरा जडान गरिने भएको छ । यसमा एन–९९ फिल्टर पनि राखिन्छ । यसका खरिदकर्ताले यो मास्क यस वर्षको अन्त्य सम्ममा बनिसक्नु पर्ने र विश्वकै महँगो मास्क हुनुपर्ने शर्त राखेका छन् । २७० ग्रामको यो मास्कलाई ३१ डिसेम्बरमा पहिलो ग्राहकलाई हस्तान्तरण गरिनेछ ।

लेभीले भनेका छन्, ‘पैसाबाट सबै बस्तु किन्न सकिन्छ, तर यो ग्राहक विश्वकै महँगो फेस मास्क किन्न र यो लगाएर हिँडडुल गर्न चाहन्छन् । उनलाई यसो गर्दा खुसी मिल्ने छ ।’ सामान्य मास्कको तुलनामा यसको वजन १०० गुणा बढी छ । यसका बावजुद यो लगाउन सुविधाजनक हुनेछ । यो मास्क सुरक्षित हुनेछ र जो कोही पनि यसलाई हेरेको हेर्यै हुनेछन् ।