पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा

Newslaya Home

पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा

बिहीबार २९, साउन २०७७

एजेन्सी । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) युईएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा इटालियन सिरी ए क्लब एटलान्टालाई २–१ गोलले पराजित गर्दै च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।

पोर्चुगलको लिस्बोनस्थित स्टाडिओ द लुजमा भएको खेलमा पीएसजीले नाटकीय रुपमा पुनरागमन जित निकालेको हो । पहिलो हाफमा १–० गोलले पछि परेको पीएसजीले दोस्रो हाफको अन्तिम समयको तीन मिनेटमा दुई गोल गरेको हो ।

खेलको २६ औं मिनेटमा एटलान्टाका मारिओ पोसालिसले गोल गर्दै अग्रता दिलाएका थिए । उनले डुभान जापाटाको पासमा गोल गर्दै पहिलो हाफमा १–० को अग्रता दिलाए । पहिलो हाफमा नेयमारले सुन्दर दुई अवसर गुमाएपछी पीएसजीले खेलमा फर्किने मैका गुमाएको थियो ।

खेलको अन्तिम मिनेटमा मार्क्युनोसले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । उनले नेयमारको पासमा गोल गर्दै पीएसजीलाई खेलमा फर्काएका थिए । खेलको इन्जुरी समयमा एरिक म्याक्सिम चुपो मोटिङले गोल गरे । उनले केलियन एम्बप्पेको पासमा गोल गर्दै पीएसजीलाई २(१ गोलको महत्त्वपूर्ण जित दिलाए । मोटिङ खेलको ७९ औं मिनेटमा मौरो इकार्डिको स्थानमा मैदानमा प्रवेश गरेका थिए ।