बराहक्षेत्र १० मा तीन दिन देखि सञ्चार सेवा अवरुद्ध

Newslaya Home

बराहक्षेत्र १० मा तीन दिन देखि सञ्चार सेवा अवरुद्ध

-बाबुराम कार्की
बुधबार २८, साउन २०७७

प्रकाशपुर । सुनसरीको बराहक्षेत्र नगरपालिका १० नम्बर वडा कार्यलयमा रहेको नेपाल टेलिकमको टावरले काम नगर्दा सञ्चार सेवा अवरुद्ध भएको छ ।

तीन दिन देखि नेटवर्क नहुने साथै बोलेको नबुझिने समस्याले नमस्ते सिमकार्ड प्रयोगकर्ताहरु मारमा परेका हुन् ।

वडाकार्यलयमा रहेको टावरले नै काम गर्न छाडेपछि प्रकाशपुर, राजाबास, मधुवन लगायतका क्षेत्रका स्थानीयहरु सञ्चार सेवाबाट बञ्चित हुन पुगेका छन् । फोन गर्दा बोलेको आवज नसुनिने समस्याले हाल माहामारीको समयमा विदेशमा रहेका आफन्तहरु सँग कुरा गर्न समेत असहज भएको स्थानीयहरु बताउँछन् ।

फोन नजाने र नआउने जस्ता समस्याले सताएको स्थानीय घनश्याम कार्कीले बताए ।

सुनसरी जिल्ला कोधिड–१९ को संक्रमणबाट जोखिम बनेको हुँदा यहि साउन ३२ गते सम्म निषेधित क्षेत्र घोषणा गरिएको छ । यस्तो अवस्थामा सञ्चार सेवा अवरुद्ध हुँदा समेत सम्बन्धित निकायले कुनै चासो व्यक्त नगरेको स्थानीय अनिल राईले बताएका छन् ।