कारोनाको महामारी बढेसँगै विद्यालय अनिश्चितकालका लागि बन्द

Newslaya Home

कारोनाको महामारी बढेसँगै विद्यालय अनिश्चितकालका लागि बन्द

मङ्गलबार २७, साउन २०७७

काठमाडौं । कोरोना महामारीको संक्रमण तिब्र रुपमा फैलिन थालेपछि सरकारले शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरेको छ ।

भाद्र १ गते देखि विद्यालयमा नयाँ भर्ना र त्यसको दुई सातापछि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको सरकारले कोरोना समुदायमा फैलिन थालेपछि अनिश्चितकालका लागि विद्यालय बन्द गरेको हो ।

कोरोना जोखिम रहेकोले अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्था बन्द नै रहने सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।