लेटाङ नगरपालिकाद्वारा सर्वसाधारणलाई मास्क वितरण

Newslaya Home

लेटाङ नगरपालिकाद्वारा सर्वसाधारणलाई मास्क वितरण

मङ्गलबार २७, साउन २०७७

लेटाङ । मोरङको लेटाङ नगरपालिकाले कोरोना भाइरस सम्बन्धि नगरबासीमा जनचेतना जगाउने उदेश्यले आज (मंगलबार) लेटाङ नगरपालिका–२ मा मास्क वितरण गरेको छ ।

वर्तमान अवस्थामा मास्क लगाउनु, स्यानिटाइजरको प्रयोग गर्नु, कोरोना भाइरसबाट बच्ने उपाय भएकाले पनि मास्क वितरण गरिएको नगर उपप्रमुख कृष्णकुमारी निरौलाले बताइन् । हरेक वडामा पुगेर जनतालाई कोरोना भाइरस सम्बन्धि जानकारी गराउँदै मास्क वितरण गरिने नगरका प्रमुख प्रशासनिक अधिकृत अच्युत दाहालले बताए ।

लेटाङ नगरपालिका कार्यालयले आयोजना गरेको उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक अशोक जबेगुको टोलीले समेत सहयोग गरेको थियो । जनप्रतिनिधि, कर्मचारी, प्रहरीले भौतिक दुरी कायम गर्दै नगरबासीलाई कोरोना भाइरसबाट बच्ने उपायबारे सुसूचित गरेका थिए ।