स्यानिटाइजर उद्योगमा आगलागी हुँदा करिब ५० लाखको क्षति

Newslaya Home

स्यानिटाइजर उद्योगमा आगलागी हुँदा करिब ५० लाखको क्षति

मङ्गलबार २७, साउन २०७७

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६ निकोसेरास्थित युनाइटेड नेपाल केमिकल प्रालिमा मङ्गलबार आगलागी हुँदा करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार विद्युत सट भएर उद्योगको स्टोर रुममा आगलागी भएको हो ।

जीवन श्रेष्ठले चलाएको उद्योगमा लागेको आगलागी भक्तपुर र ललितपुरको वारुण यन्त्रले नियन्त्रणमा लिएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । उनका अनुसार आगलागीको विस्तृत विवरण प्राप्त भएको छैन । उद्योगले ह्यान्ड स्यानिटाइजर, हर्पिकलगायतका सरसफाइसम्बन्धी वस्तु उत्पादन गर्छ ।