विराटगरमा ५० सहित प्रदेश १ मा थपिए ९८ जना कोरोना संक्रमित

Newslaya Home

विराटगरमा ५० सहित प्रदेश १ मा थपिए ९८ जना कोरोना संक्रमित

मङ्गलबार २७, साउन २०७७

विराटनगर । आइतबार विराटनगरमा ५० सहित प्रदेश १ मा ९८ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेशमा संक्रमण पुष्टि भएको यो संख्या अहिले सम्मकै उच्च हो । सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा ५० सहित मोरङमा ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २ , इलाम र ताप्लेजुङमा १–१ जनामा संक्रमित थपिएका छन् ।

संक्रमित मध्ये १ हजार १४ जना डिस्चार्ज भइसकेका छन् ।