धनकुटामा मलामी गएका याखालाई तमोर नदीले बगायो

Newslaya Home

धनकुटामा मलामी गएका याखालाई तमोर नदीले बगायो

सोमबार २६, साउन २०७७

धनकुटा । धनकुटामा छिमेकीको मलामी गएको बेला नुहाउने क्रममा एक युवालाई तामोर नदीले बगाएको छ ।

सोमबार दिउँसो नुहाउँने क्रममा चौबिसे गाउँपालिका–५ हंसमोरङका ३३ बर्षीय महेन्द्र याखालाई तमोर नदीले बगाएको हो ।

छिमेकीको मलामी गएको बेला नुहाउने क्रममा तमोर नदीमा बेपत्ता भएको जानकारी पाएपछि मौनाबुधुकस्थित अस्थायी प्रहरी पोष्ट, मुलघाट प्रहरी चौकी र सशस्त्र प्रहरी बल बेस क्याम्प मुलघाटबाट प्रहरी टोली घटनास्थल गएको छ ।

आफन्त, स्थानीयबासी र प्रहरीले बेपत्ता याखाको खोजी गरिरहेको भएपनि हाल सम्म फेला नपरेको धनकुटाका प्रहरी प्रमुख गोबिन्द अधिकारीले जानकारी दिए ।