मुख्यमन्त्री पौडेलको अभिव्यक्तिविरुद्ध आफ्नै पार्टीका सांसदको आपत्ति

Newslaya Home

मुख्यमन्त्री पौडेलको अभिव्यक्तिविरुद्ध आफ्नै पार्टीका सांसदको आपत्ति

सोमबार २६, साउन २०७७

काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध आफ्नै पार्टीका प्रदेश सांसदहरुले आपत्ति जनाएका छन् ।

गत आइतबार मकवानपुर जिल्ला समन्वय समितिको पाँचौँ जिल्ला सभामा मुख्यमन्त्री पौडेलले ‘आफ्नाविरुद्ध अविश्वासको प्रस्ताव र हस्ताक्षर अभियान’ चलाएको अभिव्यक्ति दिएका थिए ।

पौडेलले दिएको अभिव्यक्तिले नेता कार्यकर्ता र आम जनतामा भ्रम सिर्जना भएको भन्दै मकवानपुरबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसदले हस्ताक्षर गरी सोमबार एक विज्ञिप्त जारी गरेका हुन् ।

पार्टी स्थायी कमिटीमा विवाद हुँदाहुँदै मुख्यमन्त्री पौडेलले बिना आधार यस्तो अभिव्यक्ति दिनु आपत्तिजनक भएको जनाइएको छ । मुख्यमन्त्री पौडेलले दिएको अभिव्यक्ति आपित्तजनक भएको भन्दै प्रदेश सांसदहरुले पुष्टि गर्ने अधिकार समेत उनकै भएको बताएका छन् ।