धरानको नौलौ बस्ती नजिकै एक पुरुषको शव फेला

Newslaya Home

धरानको नौलौ बस्ती नजिकै एक पुरुषको शव फेला

सोमबार २६, साउन २०७७

धरान । सुनसरीको धरान–१६ स्थित नौलो बस्ती नजिकै सर्दु खोलामा एक जना पुरुषको शव फेला परेको छ ।

झापाको बिर्तामोड–३ घर भई १ वर्ष देखि धरान–११ गैरीगाउमा सानिमाकोमा बस्दै आएका ३७ वर्षीय दिलीप खत्री सर्दु खोलाको किनारामा सामान्य पानीमा डुबेको अवस्थामा सोमबार (आज) मृत फेला परेका हुन् ।

सामान्य पानीमा खोलाको किनारामा घोप्टो परेको अवस्थामा भेटिएको र मुचुल्का उठाई अहिले शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा लगिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले बताए ।

मृतक घोप्टो अवस्थामा फेला पर्नुका साथै कुनै घाउ चोट नभएको पाइएको प्रहरीले जनाएको छ ।
मादक पदार्थ बढी सेवन गर्ने भएकोले पानीमा मातेर डुबेको हुन सक्ने अनुमान गरिएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।