नेपालमा आज थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि

Newslaya Home

नेपालमा आज थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि

सोमबार २६, साउन २०७७

काठमाडौं । नेपालमा थप ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको क्रममा थप ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १४० जना डिस्चार्ज भएका छन् । योसँगै १६ हजार ४ सय ९३ जना आजसम्म डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

हाल सम्म ६ हजार ७ सय ३८ जना सक्रिय संक्रमित रहेका छन् ।