प्रदेश १ बाट ९९ जना कोरोना जितेर डिस्चार्ज

Newslaya Home

प्रदेश १ बाट ९९ जना कोरोना जितेर डिस्चार्ज

सोमबार २६, साउन २०७७

मोरङ । प्रदेश १ मा सोमबार(आज) ९९ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रबाट २९, पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउँस्थित आइसोलेसनबाट ६८ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २ जना संक्रमित निको भएर घर फर्केका हुन् ।

डिस्चार्ज हुनेमा मोरङका ५६, इलामका २२, झापाका १२, सुनसरीका ५, सोलुखुम्बुका २ र अन्य ठाउँका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेशमा निको भएर डिस्चार्ज हुने संक्रमितको संख्या १ हजार १४ पुगेको छ ।