आज पनि सुनको मुल्यमा गिरावट

Newslaya Home

आज पनि सुनको मुल्यमा गिरावट

सोमबार २६, साउन २०७७

काठमाण्डौ । सुनको मुल्यमा सोमबार (आज) २ सय रुपैयाले गिरावट आएको छ ।

आइतबार छापावाला सुन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयामा कारोबार भएको थियो भने आज प्रतितोला १ लाख २ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महांसघले जनाएको छ।

त्यस्तै,आज तेजावी सुन प्रतितोला १ लाख १ हजार ९ सय रुपैयामा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।