धरानमा कोरोना संक्रमितको संख्या ५५ पुग्यो, आज थप ९ जनामा कोरोना पुष्टि

Newslaya Home

धरानमा कोरोना संक्रमितको संख्या ५५ पुग्यो, आज थप ९ जनामा कोरोना पुष्टि

सोमबार २६, साउन २०७७

धरान । सुनसरीको धरानमा थप ९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

सोमबार बिहान धरान उपमहानगरपालिकाले गरेको मास टेस्टिङको क्रममा धरान १० का १६ र २० वर्षीय युवती, धरान ६ का २७ वर्षका २ जना पुरुष, १३ नम्बर वडाका ३४ र ४३ वर्षीय २ जना पुरुष, धरान १५ का २९ वर्षीय पुरुष, धरान १६ का २७ वर्षीय पुरुष र धरान १९ मा ४० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो ।

आज थपिएका ९ जना कोरोना संक्रमित सँगै धरानमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ५५ पुगेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।

मास टेस्टिङको क्रममा धरानमा अहिले सम्म १५ जनामा समुदाय स्तरमा लिइएको स्वाबमा कोरोना देखिएको हो । सङ्क्रमितहरूको थप विवरण आउन बाँकी रहेको स्वास्थ्य महाशाखा प्रमुख मेहेताले बताए ।