बीपी प्रतिष्ठानका दुई जान चिकित्सकमा कोरोना संक्रमण

Newslaya Home

बीपी प्रतिष्ठानका दुई जान चिकित्सकमा कोरोना संक्रमण

आइतबार २५, साउन २०७७

धरान । धरानस्थित बीपी प्रतिष्ठानमा कार्यरत दुई जना चिकित्सकसहित प्रतिष्ठान भित्रकै एक महिलामा कोरोना संक्रमण भएको छ ।

प्रतिष्ठानका प्रवक्ता प्रा.डा. निदेश सापकोटाका अनुसार ती चिकित्सकहरुले आफूहरुलाई पनि कोरोना संक्रमण भएको शंका लागेर होम आइसोलेसनमा बसेका थिए ।

उनीहरुले प्रतिष्ठानकै प्रयोगशालामा पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए । पीसीआर परीक्षणको नतिजा पोजिटिभ देखिएको जानइएको छ । उनीहरुको अवस्था सामान्य रहेको र कुनै लक्षण नदेखिएको जनाइएको छ ।

संक्रमित चिकित्सकको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम सुरु भएको प्रवक्ता सापकोटाले बताए । संक्रमित चिकित्सकहरु एक साताअघि जनकपुर र विराटनगर गएको प्रतिष्ठान श्रोतले जनाकारी दिएको छ ।