इटहरीमा थप दुई जनामा कोरोना पुष्टि

Newslaya Home

इटहरीमा थप दुई जनामा कोरोना पुष्टि

आइतबार २५, साउन २०७७

इटहरी । इटहरीमा थप दुई जना कोरोना संक्रमित फेला परेका छन् ।

संक्रमित हुनेहरुमा इटहरी –९ की १९ वर्षीया महिला र वडा नं २० का ५४ वर्षीय पुरुष रहेका छन् । इटहरी उपमहानगरपालिकाबाट साउन २१ गते १२४ जनाको स्वाव परिक्षण गरिएको मध्ये २ जनाको रिर्पोट पोजेटिभ आएको हो ।

अन्य सवैको रिर्पोट नेगेटिभ रहेको इटहरी अस्पतालका इमरर्जेन्सी प्रमुखले रामकुमार धमलाले जानएका छन् ।