सामाजिक सुरक्षा भत्ता परिचयपत्र साउनभित्रै नवीकरण गराउन सूचना जारी

Newslaya Home

सामाजिक सुरक्षा भत्ता परिचयपत्र साउनभित्रै नवीकरण गराउन सूचना जारी

आइतबार २५, साउन २०७७

काठमाडौं । सामाजिक सुरक्षा भत्ता परिचयपत्र साउन महिनाभित्रै नवीकरण गराउनुपर्ने भएको छ।

अघिल्ला वर्षहरुमा मंसिर महिनादेखि नवीकरण प्रक्रिया सुरु हुने गरेको भए पनि यो वर्षदेखि साउन महिनाभित्र नै नवीकरण गराइसक्नुपर्ने स्थानीय तहहरुले सूचना जारी गरेका छन्।

लाभग्राहीहरुको परिचयपत्र नवीकरण तथा नयाँ निवेदन संकलन गर्ने कार्य सामाजिक सुरक्षा ऐन २०७५ र नियमावली २०७६ जारी भएपछि स्थगित रहेकोमा यस वर्षदेखि व्यवस्थापन सूचना प्रणालीमा नवीकरण गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जनाएको छ।