विराटनगरबाट सुनसिहत भारत छिर्न खोज्ने गुप्ता पक्राउ

Newslaya Home

विराटनगरबाट सुनसिहत भारत छिर्न खोज्ने गुप्ता पक्राउ

आइतबार २५, साउन २०७७

विराटनगर । विराटनगर –१६ दरैया बस्तीबाट सशस्त्र प्रहरीले भारत लैजान खोजिएको २३ लाख ७१ हजार मूल्य बराबरको अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर–१७ का ५६ वर्षीय श्यामलसेन गुप्ता रहेका छन् । सशस्त्र प्रहरी बल बीओपी बखरीको टोलीले गुप्ताको साथबाट २६७ ग्राम सुनको चक्की बरामद गरेको छ । दरैया हुँदै सुन भारत कटाउन लागेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

लकडाउनको समयमा नेपालबाट भारततर्फ जान लागेको पाइएपछि शंका लागेर चेकजाँच गर्दा अवैध सुन बरामद भएको सशस्त्र प्रहरी मोरङले जानकारी दिएको छ । पक्राउ परेका गुप्तालाई आवश्यक कारबाहीका लागि सशस्त्रले विराटनगर भन्सार कार्यालयमा बुझाउने तयारी गरेको छ ।