विराटनगरमा २२ जना कोरोना भाइरस संक्रमित थपिए

Newslaya Home

विराटनगरमा २२ जना कोरोना भाइरस संक्रमित थपिए

आइतबार २५, साउन २०७७

विराटनगर । विराटनगरमा २२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । कोशी अस्पतालले शनिबार दिएको परीक्षणको रिपोर्ट अनुसार विराटनगरको ९ नम्बर वडाका मात्र ११ जना कोरोनाभाइरस संक्रमित थपिएका हुन् ।

त्यस्तै, ३, १० र १४ वडामा पनि २–२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । ६, ११, १२ र १५ वडामा पनि १–१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

यीमध्ये ७ जना महिला हुन् । योसँगै विराटनगरमा कोरोना भाइरस संक्रमितको संख्या दुई सय ७८ जना पुगेका छन् ।