सुनको मुल्यमा गिरावट

Newslaya Home

सुनको मुल्यमा गिरावट

आइतबार २५, साउन २०७७

काठमाण्डौ । आइतबार(आज) सुनको मुल्यमा गिरावट आएको छ । आज सुनको मुल्यमा ९ सयले गिरावट आएको हो ।

पछिल्लो समय स्थानीय बजारमा सुनको मुल्यले एकपछि अर्कौ गर्दै ऐतिहासिक रेकर्ड कायम गर्दै आएको थियो । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयामा कारोबार भएको थियो भने आज आइतबार भने घटेर १ लाख २ हजार ६ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महांसघले जनाएको छ।

त्यस्तै,आज तेजावी सुन प्रतितोला १ लाख २ हजार १ सय रुपैयामा कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । यो मुल्य हालसम्मकै उच्च हो ।