गोंगबुमा सुटकेसभित्र टाउको काटिएको अवस्थामा शव फेला

Newslaya Home

गोंगबुमा सुटकेसभित्र टाउको काटिएको अवस्थामा शव फेला

आइतबार २५, साउन २०७७

काठमाडौं । काठमाडौंको गोंगबु नजिकै टाउको काटिएको अवस्थामा शव फेला परेको छ।

टाउको काटेर शव राखिएको अवस्थामा सुटकेस फेला परेको महानगरीय प्रहरी वृत महाजगञ्जका डिएसपी रोशन खड्काले जानकारी दिए । टाउको सुटकेसभन्दा केही पर फेला परेको छ ।

शवको पहिचान भइनसकेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए ।