नापोलीलाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

Newslaya Home

नापोलीलाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

आइतबार २५, साउन २०७७

काठमाडौं । स्पेनिस महारथी बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको अन्तिम ८ मा प्रवेश गरेको छ । आइतबार बिहान भएको लिगको दोस्रो लिगको खेलमा इटालियन क्लब नापोलीलाई हराउँदै बार्सिलोना क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको हो ।

गत फेब्रुवरी मै भएको पहिलो लेगको खेलमा १–१ को बराबरी खेलेको बार्सिलोनाले दोस्रो लेगको खेलमा नापोलीविरुद्ध ३–१ को जित हात पार्दै समग्रमा ४–२ गोलअन्तरका सहित अन्तिम ८ मा प्रवेश गरेको हो।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा १० औँ मिनेटमा लेङ्गलेटको गोलबाट बार्सिलोनाले अग्रता बनाएको थियो । त्यसपछि २३औं मिनेटमा मेसीले गोल गरी अग्रता दोब्बर बनाए।

पहिलो हाफमो थप समयमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै स्वारेजले गोल गर्दा बार्सिलोना ३–० ले अघि बढ्यो । त्यसको लगतै नापोलीले पनि पेनाल्टीको अवसर पायो । थप समयको पाँचौँ मिनेटमा इन्सिग्नेले त्यसलाई गोलमा परिणत गरी अग्रता घटाउने प्रयास गरे ।

दोस्रो हाफमा कुनै टोलीबाट थप गोल हुन नसक्दा बार्सिलोना ३–१ ले जित हात पार्न सफल भयो।